Sunday, July 7, 2013

उद्देश्य

राष्ट्रनिर्माण कार्यमा नारी जागरणको अहम भूमिकालाई लक्षित गरी समाजको सर्वमान्य सिद्धान्तको आधारमा, आ–आफ्ना अनुभवको आदान–प्रदान, परस्पर सहयोगको भावनामा प्रेरित भई आत्मनिर्भरता साथै नारी स्वाभिमानताको भावनाबाट अभिप्रेरित भई यस महिला समुदायको पनि आफ्नो सहकारी संस्थाको अपरिहार्यता महसूस गरि यो संस्था “पाञ्चायण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड” स्थापना भएको हो ।

आफ्नो सदस्यहदमा सहकारीताको भावना विकास गरि बचत गर्ने बानी बसाल्ने र सदस्यहरुको विभिन्न आवश्यकता परिपूर्ति गर्नको लागि अनावश्यक झमेला बिना ऋण उपलब्ध गराउने साथै सदस्यहरुको आर्थिक क्रियाकलाप वृद्धि गराउने मूल उद्देश्यका साथ महिला जातीको मर्यादा र प्रतिष्ठालाई पनि माथि उठाउने उद्देश्य यस संस्थाको रहेको छ ।