म्ुालुक नयाँ युगमा प्रवेश गरेको छ । नारी र पुरुषको समानताको आधार बनेको छ । यस अर्थमा हाम्रो जस्तो विकासोन्मुख देशको विकासक्रममा सहकारी सिद्धान्त र यसको प्रवद्र्धनले ठूलो टेवा पु¥याउने कुरा संसारका विभिन्न ठाउँहरुमा भैरहेको क्रियाकलापबाट प्रमाणित भैसकेको छ । यस सन्दर्भमा राष्ट्रनिर्माण कार्यमा नारी जागरणको अहम भूमिकालाई लक्षित गरी समाजको सर्वमान्य सिद्धान्तको आधारमा, आ–आफ्ना अनुभवको आदान–प्रदान, परस्पर सहयोगको भावनामा प्रेरित भई आत्मनिर्भरता साथै नारी स्वाभिमानताको भावनाबाट अभिप्रेरित भई यस महिला समुदायको पनि आफ्नो सहकारी संस्थाको अपरिहार्यता महसूस गरि यो संस्था “पाञ्चायण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड” स्थापना भएको हो । नेपालको सन्दर्भमा गरिबी एक प्रमुख समस्या रही आएको छ भने नारी सहभागितामा कमी । नारी सक्षमतालाई अगाडि ल्याउन, सद्भावना, सहकार्य गरी नारी जातिलाई आत्मनिर्भर बनाउनु नै यसको मूल उद्देश्य (लक्ष्य) रहेको छ ।
यस पुनित कार्यमा सबै नारी साथीहरु तथा उहाँहरुको परिवार जनबाट सहयोग, सुझाव र सल्लाह प्राप्त हुनेछ र यो संस्थाले आफ्नो प्राप्ति गर्न सक्नेछ भन्ने विश्वासका साथ अगाडि बढ्ने प्रण गर्दछौँ । आफ्नो सदस्यहदमा सहकारीताको भावना विकास गरि बचत गर्ने बानी बसाल्ने र सदस्यहरुको विभिन्न आवश्यकता परिपूर्ति गर्नको लागि अनावश्यक झमेला बिना ऋण उपलब्ध गराउने साथै सदस्यहरुको आर्थिक क्रियाकलाप वृद्धि गराउने मूल उद्देश्यका साथ महिला जातीको मर्यादा र प्रतिष्ठालाई पनि माथि उठाउने उद्देश्य यस संस्थाको रहेको छ ।
संस्थाको उद्देश्य तथा कार्यहरु ः
– यस संस्थामा संलग्न सदस्हरुमा आपसी सद्भावको विकास गरि नियमित बचत गर्ने बानीको विकास गर्ने ।
– सदस्यहरुको जीवनस्तर उठाउनको लागि विभिन्न उत्पादनशील आयमूलक र सीपमूलक उद्देश्यको लागि उचित ब्याजदरमा कर्जा प्रदान गर्ने ।
– उद्देश्य परिपूर्तिका लागि अन्य कार्य तथा परियोजना संचालन गर्ने ।
– सदस्यहरुको आवश्यकता परिपूर्तिका लागि सहयोगात्मक रुपमा एकजुट भई काम गर्न प्रोत्साहन गर्ने ।
– सदस्यहरुबाट प्राप्त सल्लाह, सुझावका आधारमा अन्य उपयुक्त सेवाहरु थप गर्दै जाने ।
स्थापना मिति २०६४ मंसिर २ मा सदस्य संख्या ३० जना (पूंजी रु. १,५०,०००/-) बाट यो सहकारी सुरु भएको थियो। हाल यस संस्थामा ३४० जना सदस्य छन्।
पाञ्चायण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना गर्न ब्रम्हनगर क्षेत्रमा बसोबास गरेका महिलाहरुको भेलामा सहमत भई यो विनिमय बनाई सहकारी ऐन, २०४८ अनुसार यो संस्था दर्ता गरिएकोछ ।
संस्थापक संचालक समिति
संगिता श्रेष्ठ अध्यक्ष
मिना थापा उपाध्यक्ष
संगिता पराजृली सचिव
लक्ष्मी सिंखडा कोषाध्यक्ष
गोमा खनाल सदस्य
दिपा क्षत्री सदस्य
चन्द्र्किा न्यौपाने सदस्य
तारा लम्साल सदस्य
बिन्दु उपाध्याय सदस्य
संगिता श्रेष्ठ अध्यक्ष
मिना थापा उपाध्यक्ष
संगिता पराजृली सचिव
लक्ष्मी सिंखडा कोषाध्यक्ष
गोमा खनाल सदस्य
दिपा क्षत्री सदस्य
चन्द्र्किा न्यौपाने सदस्य
तारा लम्साल सदस्य
बिन्दु उपाध्याय सदस्य